दफा ९
बिषयगत समिति
(१) प्रत्यायन सम्बन्धी काम कारबाहीलाई गुणस्तरीय तथा प्रभावकारी बनाउन समितिले आवश्यकता अनुसार विभिन्न विषयगत समिति गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गठन हुने विषयगत समितिमा समावेशी सिद्धान्तका आधारमा एकजना संयोजक: सहित बढीमा पाँचजना सदस्य रहनेछन्।
(३) उपदफा (१) बमोजिम विषयगत समितिमा रहने सदस्यको मनोनयन गर्दा समितिले सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र “सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएका व्यक्तिमध्येबाट छनौट गरी विषयगत समितिको सदस्यमा मनोनयन गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि विषयगत समितिको सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा, इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा, समितिको हित वा उद्देश्य विपरीत हुनेगरी काम गरेमा वा निजमा खराब आचरण देखिएमा समितिले निजलाई पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(६) विषयगत समितिका सदस्यले नेपाल सरकार, अर्थ मन्त्रालयले तोकिदिए बमोजिमको सुविधा पाउनेछन्।
(७) विषयगत समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।